लुम्बिनी प्रदेशको फ्रि मिडिया नेटवर्कको अध्यक्षमा चौलागाई र सदस्य सचिवमा शर्मा चयन



लुम्बिनी प्रदेशको फ्रि मिडिया नेटवर्कको अध्यक्षमा चौलागाई र सदस्य सचिवमा शर्मा चयन

भालुवाङ २३ जेठ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पहरेदारी गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा फ्रि मिडिया नेटवर्क गठन गरिएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अन्र्तगत लुम्बिनी प्रदेशका सम्बद्ध सरोकारवाला पक्षहरुलाई समेटेर प्रदेश स्तरीय फ्रि मिडिया नेटवर्क गठन गरिएको हो । नेटवर्कको संयोजकमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाई रहेका छन् । नेटवर्कको सदस्य सचिवको रुपमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डव शर्मा रहेका छन् । नेटवर्कको सदस्यमा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरी, लुम्बिनी प्रदेश सरकार सञ्चार समन्वय परिषद्का अध्यक्ष मिलन गाहा, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरी ज्ञवाली, लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयका उप–सचिव रामप्रसाद भट्टराई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत धनबहादुर थापा, प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतम, प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष शोभाकार पन्थी र प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप वाग्ले रहेका छन् ।

त्यसैगरी नेटवर्कको सदस्यहरुमा उच्च अदालत वार एशोयिसन नेपालगञ्ज (तुल्सिपुर इजलास)का अध्यक्ष चित्रबहादुर शाही, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद भट्टराई, चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोख्रेल, सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृत अनमोल, डब्लुडब्लुजे लुम्बिनी प्रदेश उपाध्यक्ष भगवति पाण्डे, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नवराज पोखरेल, सम्बाद समूह लुम्बिनीका वरिष्ठ सहजकर्ता सुशिल बस्नेत, गैसस महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुशीला बेल्बासे र मानवअधिकार सञ्जालका विनोद केसी रहेका छन् । सम्वाद कार्यक्रम तथा फ्रि मिडिया नेटवर्क गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डितले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा पत्रकारको मात्र सवाल नभएर राज्यका सबै अंग र नागरिक समाजको एजेण्डा हुनुपर्ने बताइन् । उनले यो नेटवर्कले प्रेस तथा मिडिया जगतमा आइपर्ने समस्याहरुको समाधानका लागि छलफल, अन्र्तक्रिया तथा पहरेदारी गर्ने बताइन् ।

युरोपियन युनियनका सिनियर प्रोग्राम म्यानेजर शिव भण्डारीले नेटवर्कले सबै पक्षसँग सम्बाद एवम् सहकार्य गरेर आफ्ना कामहरु गर्ने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासनले लोकतन्त्रमा मात्रै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्भव भएको उल्लेख गर्दै प्रतिगामी चलखेलहरुलाई रोक्न सबै लाग्नुपर्ने आवश्यकता औंल्याए । अर्का सचिव वैकुण्ठराज पराजुलीले सबै प्रदेश र जिल्लामा फ्रि मिडिया नेटवर्क गठन गरिने जानकारी दिए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु रामराज पोख्रेल, विकास बञ्जाडे र लिला शाहले मन्तब्य व्यक्त गरेका थिए ।

फ्रि मिडिया नेटवर्कको अवधारणका बारेमा नेपाल पत्रकार महासंघका कार्यक्रम संयोजक गिरिराज अधिकारीले प्रकाश पारेका थिए । सो अवसरमा फ्रिडम फोरमकोतर्फबाट नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमले प्रदेशको समग्र पत्रकारिताको विषयमा प्रस्तुति प्रस्तुत गरेका थिए । पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष मीना ढकालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव पाण्डव शर्माले गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई नेपाल पत्रकार महासंघ, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे