राप्ती प्रेस मञ्चले सहिद कृष्णसेन इच्छुकको शालिकमा मल्यार्णपण गरि स्मृति दिवस मनायो



राप्ती प्रेस मञ्चले सहिद कृष्णसेन इच्छुकको शालिकमा मल्यार्णपण गरि स्मृति दिवस मनायो

भालुवाङ १३ जेठ । राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले महान शहिद कृष्णसेन इच्छुकको २३ औँ स्मृति दिवस मनाएको छ ।

मञ्चले आज राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक बजारमा रहेको सेनको शालिकमा मल्यार्णपण गरि स्मृति मनाएको हो । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चाैलागाईको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै सभामुख घर्तीले इच्छुकको सालिकमा माल्यार्पण गर्दै ‘इच्छुक’प्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गरे । साथै उनले सहिद इच्छुकको योगदानको चर्चा गर्नुहुँदै उहाँले माक्सबादी साहित्य, साँस्कृतिक तथा पत्रकारिता क्षेत्रबाट मात्र नभई एउटा क्रान्तिकारी नेताको रुपमा नेपाली क्रान्तिमा महत्त्वपूर्ण योगदान रहेको स्मरण गरे

त्यस्तै कार्यक्रमका वक्ताहरूले सेनले देखाएको बाटोमा हिड्न सुझाव दिएका थिए । सेनले जस्तै राष्ट्रका लागि जस्तो सुकै अवस्थामा पनि पत्रकारहरूले कलम चलाउन डराउन नहुने बताएका थिए । त्यस्तै वक्ताहरूले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा रहेको शालिकको पुख्र्यौली घरलाई सहिद पार्कको रूपमा विकास गर्न सरकारले ध्यान दिनुपर्ने सुझाव समेत दिएका थिए । कार्यक्रममा वरिष्ठ कवि अहम्मद अब्दुल रहुफ, नागरिक समाज देउखुरीका पुर्व संयोजक दामोदर भण्डारी लगायतका वक्ताहरूले बोलेका थिए । कार्यक्रममा इच्छुकका समकालीन साथीहरू, उद्योगी, व्यवसायी, साहित्यकारहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो । मञ्चका महासचिव ओमप्रकाश गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे