राप्ती चेम्बरको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बसन्त कुवर क्षेत्री निर्विराेध निर्वाचित



राप्ती चेम्बरको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बसन्त कुवर क्षेत्री निर्विराेध निर्वाचित

भालुवाङ ३ जेठ । राप्ती चेम्बर अफ कमर्सको तेस्रो अधिवेशन शनिबार दाङ-देउखुरीको राप्ती गाउँपालिका ८ सिसहनियाँ नयाँ बजारमा सम्पन्न भएकाे छ ।

अधिवेशनले बसन्त कुवर क्षेत्रीकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिती निर्विराेध निर्वाचित भएकाे छ । जसको प्रथम उपाध्यक्षमा विष्णुप्रसाद सुवेदी, दोस्रो उपाध्यक्षमा लक्ष्मी पोख्रेल, महासचिवमा खेमराज अर्याल, कोषाध्यक्षमा अर्जुनकुमार क्षेत्री, सचिवमा गोविन्दबहादुर केसी र सह-कोषाध्यक्षमा बालानन्द आचार्य निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा मोतीराम भट्टराई, अरुण केसी, कमल केसी, बालकृष्ण पोख्रेल, प्रेमलाल चौधरी, गणेशकुमार चौधरी, धनीराम चौधरी, मेनका पौडेल, कल्पना पुन र रेकम शर्मा निर्विराेध निर्वाचित  भएकाे निर्वाचन समितिका संयोजक अधिवक्ता हरि बेल्बासेले जानकारी दिएका  छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई चेम्बरका कानुनी सल्लाहकार तथा निर्वाचन समितिका संयोजक एवं अधिवक्ता हरि बेलबासेले शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र समेत प्रदानगरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे