सिसहनियाँ महोत्सव सम्पन्न, महाेत्सवकाे आय-व्यय संघकाे साधारणसभामा सार्वजनिक गरिने
दाङ १० माघ । दाङ-देउखुरीको राप्ती गाउँपालिका–५, कालापानी सिसहनियाँमा सञ्चालित दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सव २०८१ सम्पन्न भएकाे छ । सिसहनियाँ उद्योग वाणिज्य संघ सिसहनियाँले राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालको पूर्व यहि २०८१ पुस २५ गते देखि माघ १० गते सम्म करिब १५ दिन सञ्चालन भएकाे महाेत्सव आज बिहिबार सम्पन्न भएकाे हाे ।
संघका अध्यक्ष पूर्णबहादुर बुढाथाेकीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच महाेत्सव समापन गरिएकाे हाे । समापन समाराेहमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथी पालिका अध्यक्ष प्रकाश बिष्टले महाेत्सवले स्थानीय उत्पादनलाई प्रबर्द्धनमा जाेडदिनु पर्ने बताए । उनले महाेत्सव स्थानीय उत्पादनलाई भन्दा बाहिर चीजलाई प्राथमिकता दिंदा महाेत्सवबाट स्थानीय नागरिकले राहत पाउन नसकेकाे बताए ।
संघका संस्थापक अध्यक्ष शान्तराज भण्डारीकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रममा महाेत्सव सफल बनाउन सहयाेग गर्ने मुख्य प्रायाेज, सह-प्रायाेजक, प्रायाेजक, विभिन्न संघसंस्था र पत्रकारहरू गरी दुई दर्जन बढीलाई सम्मान-पत्रले सम्मान गरिएकाे थियाे । कार्यक्रमकाे सञ्चालन संघका बरिष्ठ उपाध्यक्ष इश्वरीप्रसाद अधिकारीले गरेका थिए ।
यसबीच महाेत्सवकाे आय-व्यय संघकाे अगामी साधारणसभामा सार्वजनिक गर्ने जनाएकाे छ । अगामी फागुन ३ गते हुने संघ साधारणसभामा महाेत्सवकाे आयव्यय सार्वजनिक गर्ने संघका अध्यक्ष बुढाथाेकीले जानकारी दिए । १५ दिन सम्म चलेकाे महोत्सवमा आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिएकाे थियाे ।
त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्ने, थारू तथा मगर समुदायको खाना प्रदर्शनीमा राखिएकाे थियाे । महोत्सवमा हस्तकलाका प्रदर्शनी, कृषि प्रदर्शनी, नेपालको दोस्रो लामो पुल, खौराह ताल, भद्राक्षीदेवी मन्दिर अवलोकन लगायत अन्य थुप्रै महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहेका थिए । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती राखेका थिए ।
महोत्सवमा १ सय ५० बढी स्टल रहेकाे थियाे । जसमा १० वटा स्टल कृषि तथा हस्तकलाका स्टल रहेकाे थियाे । जस मध्ये स्थानीय व्यापारीलाई ५० प्रतिशत छुट दिईएकाे थियाे । महोत्सव अवधीभर सर्वसाधारणका लागि टिकट दर रू एक सय र विद्यार्थीको हकमा परिचय-पत्रका आधारमा रू ८०, भिआइपी कार्डकाे व्यवस्था गरिएकाे थियाे । जसमा जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयाेजकले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्