सिसहनियाँ-कालापानी सडकखण्डको कालोपत्रे कार्य सुरु



सिसहनियाँ-कालापानी सडकखण्डको कालोपत्रे कार्य सुरु

सिसहनियाँ ४ पुस । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ देखि करङ्गेकाेट जाेड्ने मोटरबाटो अन्तर्गत सिसहनियाँ–कालापानी खण्डको कालोपत्रे कार्य सुरु भएको छ।

संघीय सरकारको एक करोड रुपैयाँ बजेटमा करिब ८ सय मिटर सडककाे कालोपत्रे कार्य सुरु गरिएको हाे। उक्त निर्माण कार्यको जिम्मा एपिएस निर्माण सेवा प्रालि लमहीले लिएको छ। यसै बीच उक्त कार्यकाे बिहीबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओली र वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीले स्थलगत अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा उनीहरुले निर्माण पक्षलाई गुणस्तर सामाग्रीकाे प्रयोगमा गरि समयसीमा भित्रै काम सम्पन्न गर्न निर्देशन दिएका छन्। त्यस्तै सोही मोटरबाटो अन्तर्गत कालापानी–करङ्गेकाेट खण्डमा पनि जन निर्माण सेवा प्रालि लमहीले करिब १ करोडको बजेटमा केही दिनमै बाटो स्तरोन्नतिको काम सुरु गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे