मिटरब्याज असुलेको आरोपमा व्यवसायीको नाक काटियो
दाङ ६ मंसिर । मिटर ब्याज असुलेको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताले दाङ घोराहीका एक व्यवसायीको नाक काटि दिएका छन् ।
आज बिहान घोराहीको विपी चोक स्थित संजिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला नेकपा बहुमतका कार्यकर्ताले धनबहादुर बस्नेतको नाक चक्कुले काटेका हुन् । घाइते बस्नेत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराएर घर फर्किसकेका छन् ।नाक काट्ने नेकपा बहुमतका कार्यकर्ता फरार रहेका र खोजी भइरहेको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले जानकारी दिए । नेकपा बहुमतका कार्यकर्ताले यसअघि अर्का मिटरब्याजी दुर्गाप्रसाद पन्तलाई कालोमोसो दलेका थिए ।
प्रतिक्रिया दिनुहोस्