स्वर्गद्वारी दर्शन गरेर फर्किदै गरेको कार दुर्घटना : ४ जना भारतीय तिर्थयात्री घाईते



स्वर्गद्वारी दर्शन गरेर फर्किदै गरेको कार दुर्घटना :  ४ जना भारतीय तिर्थयात्री घाईते

प्यूठान ३० असाेज । प्यूठानमा कार दुर्घटना हुँदा ४ जना भारतीय तिर्थयात्री घाइते भएका छन । स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको भारतीय नम्बर प्लेटको यूपी ५६ ए ए ४२२२ को कार दुर्घटना बुधबार दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रीको टाकुरा थुम्कामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय भिंगृले जनाएको छ ।

दुर्घटनामा परि भारतको बढनीनगरको सिद्धार्थनगर बर्गदहदा बस्ने ५३ वर्षीय विरेन्द्र पाण्डे , ४३ वर्षीया सुभद्धा पाण्डे, १७ वर्षीया जया पाण्डे, ५५ वर्षीया शिला पाण्डे, ४५ वर्षीय अलिलेख कुमार पाण्डे घाइते भएको इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी निरिक्षक नविन कुमार थापाले जानकारी दिनुभयो । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भैरहेको छ । घाइतेको अवस्था समान्य रहेको प्रहरी निरिक्षक थापाले बताउनुभयो । कार बेक्र फेल भई सडकबाट २० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे