अमर प्रहरी प्रति मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण (फाेटाे फिचर)



अमर प्रहरी प्रति मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण (फाेटाे फिचर)

बुटवल ३० असाेज ।  ६९ औं प्रहरी दिवसकाे अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयाेजना गरिएको प्रहरी दिवस कार्यक्रममा सहभागी  भएका मुख्यमन्त्री आचार्यले अमर प्रहरीकाे स्मृतिमा निर्माण गरिएको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् । देशमा भएको विभिन्न आन्दोलनहरु, द्धन्द्धका क्रममा सहादत प्राप्त गर्नुहुने सवैप्रति श्रद्धाञ्जली, अपांगता भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । प्रहरी संगठनको स्थापना वि.सं. २०१२ असोज ३१ गते भएको थियो ।हरेक बर्ष प्रहरी दिवस मनाउने गरिएको छ । स्थापना कालमा ७ हजार पाँच सयलाई लिएर नागरिकको जीउधनको शान्ति सुरक्षाको जिम्मेवारीका साथ संगठित यो संस्थाले झण्डै ८० हजार बढी जनशक्ति लिएर अहिले ३ करोड नागरिकको सुरक्षा गर्ने अभिभारा पुरा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे