आज विश्व खाद्य दिवस : नेपालको १३ प्रतिशत जनसङ्ख्या खाद्य असुरक्षाको स्थितिमा



आज विश्व खाद्य दिवस : नेपालको १३ प्रतिशत जनसङ्ख्या खाद्य असुरक्षाको स्थितिमा

काठमाण्डौ ३० असाेज । ‘सुखी जीवन र समुन्नत भविष्यको लागि खाद्य अधिकार’ भन्ने नाराका साथ ४४ औँ विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको आह्वानमा हरेक वर्ष अक्टोबर १६ तारिखमा यो दिवस मनाइन्छ । विश्वभर खाद्यान्न सङ्कट र भोकमरी विरुद्ध ऐक्यबद्धता जनाउँदै दिवस मनाइने गरिन्छ । नेपालको संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । तर, किसानलाई कृषि गर्न प्रोत्साहन नदिनु, उनीहरुले उत्पादन गरेका वस्तुले बजार नपाउनु तथा उत्पादन बढाउन पहल नहुनु जस्ता कारणले खाद्यान्नको आयात बढ्दो छ ।

यस्तै जलवायु परिवर्तन लगायतका कारण विश्वमा खाद्य प्रणालीसहित मानव जीवनका आर्थिक, सामाजिक लगायत सबैजसो पक्षहरुमा असर परिरहेको छ । नेपालमा अझै पनि १३ प्रतिशत जनसङ्ख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको स्थितिमा रहेका छन् । दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकका खाद्य अधिकार र खाद्य सम्प्रभुतासम्बन्धी मौलिक हकहरुको परिणाममुखी कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको बताउका छन् । अहिलेको सरकार कोही भोकै पर्दैनन् र भोकले कोही मर्नु पर्दैन भन्ने कार्यक्रमका साथ अगाडि बढिरहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे