मुख्यमन्त्री आचार्यद्वारा विभिन्न शक्ति पिठकाे दर्शन, पुरातात्त्विक सम्पदाकाे संरक्षण गरिने



मुख्यमन्त्री आचार्यद्वारा विभिन्न शक्ति पिठकाे दर्शन, पुरातात्त्विक सम्पदाकाे संरक्षण गरिने

अर्घाखाँची २९ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्ति पिठहरुकाे दर्शन गरेका छन् ।

ऐतिहाँसिक तथा पुरातात्त्विक महत्त्व बाेकेका धार्मिक स्थलहरुलाई पर्यटकीय गन्तव्य स्थल बनाउनेगरी काम अघि बढेकाे जानकारी दिएका छन्। मुख्यमन्त्री आचार्यले मालारानी गाउँपालिका-८ मा रहेको रागामारे मन्दिर र वडा नम्बर ३ मा रहेकाे मालारानी मन्दिरको दर्शन गरेका हुन् । लुम्बिनी प्रदेश सरकारले पुरातात्त्विक महत्त्व बाेकेका मठ, मन्दिर तथा सम्पदाकाे संरक्षण, सम्बर्द्धन र विकासका लागि प्राथमिकतामा राखेकाे, लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरुलाइ जाेड्नेगरि याेजना बनाएकाे छ ।

`सबै धर्म, संस्कृति, परम्परा, सम्पदाहरुलाइ प्रदेश सरकारले समान महत्त्व दिन्छ । पुरातात्त्विक सम्पदाकाे संरक्षणका लागि सरकारले याेजना बनाउछ´उहाँले भन्नुभयाे-`समुदायकाे साथ, सयाेग र सहकार्यबाट संरक्षण, सम्बर्द्धनका कामहरु हुन्छन ।´ प्रदेश सरकारले विश्व पर्यटन दिवसकाे सन्दर्भ पारेर `घुमाैं लुम्बिनी´काे लागि आह्वान गरेकाे थियाे । गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुका पुर्याउने याेजना अघि सारिएको हाे । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशकाे संकल्प पूरा गर्ने आधार कृषि, पर्यटन र उद्योगलाई मानिएको छ । पर्यटन मैत्री वातावर्ण निर्माणकाे जिम्मा सरकारले लिने मुख्यमन्त्री आचार्यकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे