दाङको भालुवाङमा एक नाबालिका बलात्कृत, ६ दिन बितिसक्दा पनि दोषी पक्राउ परेनन्



दाङको भालुवाङमा एक नाबालिका बलात्कृत, ६ दिन बितिसक्दा पनि दोषी पक्राउ परेनन्

भालुवाङ २९ असोज । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुवाङमा एक नाबालिका बलात्कृत भएकी छिन् ।

स्रोतले दिएको जानकार अनुसार घटना असोज २४ गते बेलुका तिर सशस्त्र प्रहरीको क्याप्प नजिक रहेको लिंगे पिङ खेल्न गएको बेला राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चोकमा डेरा गरि बस्ने वर्ष ८ कि नाबालिका बलात्कृत भएकी हुन् । घटना घटेको केही समय पछि ती बालिका डेरामा आइ आफ्नी आमालाई भनेपछि आमाले छोरीको योनाङ्ग हेर्दा अत्यधिक रक्तस्राव भएको र घाउ समेत देखेपछि आमाले प्रहरीलाई खवर गरेकी थिईन् ।

इलाका प्रहरी कार्यालय भालुवाङ मार्फत ती नाबालिकाको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण भएको थियो । परिक्षण रिपोर्टमा नाबालिका बलात्कृत भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

यस विषयमा प्रहरी सँग बुझ्दा प्रहरीले दोषी पत्ता लागि नसकेको र घटनाबारे अनुसन्धान भइरहेको र छिट्टै दोषी पक्राउ गरि सार्वजनिक गर्ने बताएको छ । तर घटना घटेको लामो समय बितिसक्दा पनि निर्मला पन्तको जस्तै अपराधी लुकाउन खोजेको आभाष भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे