देउखुरीको मसुरीयामा खुल्ला फुटबल प्रतियोगिता सुरु : उद्घाटन खेलमा लालमटिया विजय



देउखुरीको मसुरीयामा खुल्ला फुटबल प्रतियोगिता सुरु : उद्घाटन खेलमा लालमटिया विजय

भालुवाङ १५ असोज । दाङको राप्ती गाउँपालिका–३ मसुरीया सिरिचौरमा मंगलवार देखि महिला पुरुष खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।

हिन्दुहरुको महान् चार्ड विजयादशमी तथा दिपावलीको अवसरमा घण्टदेव युवा क्लव मसुरीयाको आयोजनामा पुरुष र महिला फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गरेका छन् । प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले शारिरिक, मानसिक, बौद्धिक विकासका लागि खेल महत्वपुर्ण भएको बताएका थिए । खेलाडी राष्ट्रको गहना समेत भएकोले राज्यले खेलाडीलाई सम्मान गर्न सक्नुपर्ने बताएका थिए ।

क्लवका अध्यक्ष धुव्र भट्टराईको अध्यक्षतामा भएको खेल उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, राप्ती गाउँपालिका वडा नम्बर २ का पुर्व वडा अध्यक्ष जगत थापा, घण्टदेव सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दुर्योधन पाण्डे, सिरिचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तुला गिरी, समाजसेवी टेकबहादुर गिरी, प्रहरी चौकी मसुरीयाका प्रमुख चेतमान केसी लगायतको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन क्लवका सचिव अशोक गिरीले गरेका थिए ।

प्रतियोगितामा पुरुष तर्फ १४ वटा टिमले भाग लिएको छ भने महिला तर्फ ४ वटा टिमले भाग लिएको छ । प्रतियोगितामा पुरुष तर्फ प्रथम हुनेलाई ३० हजार नगद, कप, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र सहितको पुरस्कार रहेको छ । भने महिला तर्फ प्रथम हुनेलाई ५ हजार नगद, कप, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई २ हजार ५ सय नगद, कप, मेडल र प्रमाणपत्र सहितको पुरस्कार रहेको छ । मंगलवार भएको उद्घाटन पुरुष फुटबल प्रतियोगितामा भालुवाङलाई हराउँदै लालमटिया फुटबल टिम विजय भएको छ । पेनाल्टी सुटमा भालुवाङलाई ५–३ को विरुद्ध लालमटियाले ५–४ले जितेको छ । बुधवार पनि एउटा मात्र खेल हुने भएको छ । दिउँसो साढे २ बजे देखि सुरु हुने पुरुष फुटवल तर्फ कालाकाटे युवा क्लव र बसन्तपुर युवा क्लव बीच खेल हुने खेल संयोजक तथा क्लवका कोषाध्यक्ष नारायण खत्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे