कलाकार श्रीधर कंडेलले निलसागरमा सडक आश्रित मानवहरु सँग मनाए जन्मदिन



कलाकार श्रीधर कंडेलले निलसागरमा सडक आश्रित मानवहरु सँग मनाए जन्मदिन

भालुवाङ १५ साउन । कलाकार श्रीधर कंडेलले आफ्नो २२ औँ जन्म दिन फरक तरिकाले मनाएका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी कलाकार कंडेलले आफ्नो जन्मदिनकाे अवसरमा राप्ती गाउँपालिका—८, पिपरीमा रहेको निलसागर सेवा आश्रममा रहेका सडक आश्रित मानवहरुलाई  फलफूल प्रदान गरेर मनाएका छन् । जन्मदिनमा केक काट्ने, पाटी गर्ने तथा फजुल खर्च गर्ने संस्कारलाई चुनौती दिदै कलाकार कंडेलले आफ्नो जन्मदिनको अवसरमा रचनात्मक कार्य अन्तर्गत सडक मानब आश्रित निल सागर सेवा आश्रम मै पुगेर फलफूल प्रदान गरेका हुन् । जन्मदिनमा केक काट्नु, पाटी गर्नु तथा फजुल खर्च गरेर जन्मदिन मनाउने हाम्रो संस्कार होइन, कलाकार कंडेलले भने । हामीले जन्मदिन जस्ता पबित्र कार्यहरुमा यस्ता अनाथ, असाहयहरु बस्ने आश्रमहरुलाई सहयोग गर्नु नै सच्चा धर्म भएको बताए । साथै उनले अरुलाई पनि यसरी नै जन्मदिन मनाउन सुझाब दिए । जसले समाज र नयाँ पुस्तामा समेत यस्तो संस्कारको सन्देश पुग्ने कलाकार कंडेलले बताए ।

यस्तै कलाकार कंडेलको जन्मदिनका अवसरमा शुभकामना दिन निलसागर सेवा आश्रम पुग्नु भएका उनकी जीवन संगिनी सुरक्षा पाण्डे, पत्रकारहरु ओमप्रकाश गुप्ता, सन्तोषकुमार गुप्ताले जन्मदिनको शुभकामना दिएका थिए । सो अबसरमा बोल्दै उनीहरुले कलाकार कंडेलको कलाकािरता तर्फ थप लगाब बढ्दै जाओस् र कलाकारिताले नेपाली समाज र राजनीतिलाई सही दिशानिर्देश गर्ने वातावरण बनाेस भन्ने शुभकामना व्यक्त गरेका थिए । त्यस्तै आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले आश्रमलाई थोरै भए पनि सहयोग गरेकोमा कलाकार कंडेललाई धन्यवाद दिएका थिए । जन्मदिनमा यसरी पुण्यको काम गर्न सवैलाई कार्यवाहक अध्यक्ष चौधरीले आग्रह समेत गरेका छन् ।

वि.सं. २०५९ साल साउन १५ गते आज कै दिन बुवा ईश्वरीप्रसाद कंडेल र आमा सिता कंडेलको एक मात्र सन्तानका रुपमा हाल बसोबास गर्दै आएको ठाउँमा कलाकार कंडेलको जन्म भएको हो । बिगत ६ बर्ष देखि देउखुरी क्षेत्रलाई कर्मथलो बनाउँदै उनले निरन्तर कलाकारिता सँगै पत्रकारिता र पछिल्लाे समय व्यापार गर्न  सुरु गरेका छन् । उनी हाल राष्ट्रिय संगितकर्मी संघ दाङको अध्यक्ष छन् । उनले सोल्टिनी भेट भयो, एउटा मुटु, काकरीको झाल, बाँचु म कसरी लगायत कमेडी सिरियलहरूमा समेत अभिनय गरेका छन् । त्यस्तै कलाकार कंडेल राप्ती प्रेस मञ्चका सदस्य हुन् । कलाकार कंडेलका बुवा, आमा, एक श्रीमती र एक छोरी समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे