भालुवाङ सडक दुर्घटना : भोली विहान ८ बजे सम्मका लागि बन्द सडक सुचारु



भालुवाङ सडक दुर्घटना : भोली विहान ८ बजे सम्मका लागि बन्द सडक सुचारु

भालुवाङ १५ साउन । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जना फलफूल व्यापारीको मृत्यु भएपछि दोषीलाई कडा कारवाही र उचित क्षतिपुर्तिको माग राखी मृतकका आफन्त र स्थानीयले गरेको पुर्व–पश्चिम राजमार्ग भोली विहान ८ बजे सम्मका लागि खोलिएको छ ।

यात्रुहरुको समस्यालाई मध्यनजर राखि रातीको समयका लागि बाटो खोलिएको स्थानीय पत्रकार महेश रिजालले जानकारी दिएका छन् । दिउँसो दुवै पक्ष बीच वार्ता सुरु भए पनि कुरा नमिले पछि बेलुकाबाट उनीहरुले पुन सडक बन्द गराएका थिए । पिडित पक्षले २५ लाख क्षतिपुर्ति र दोषीलाई कडा कारवाहीको माग राखेकाे छ ।
मंगलबार विहान ७ :४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही– भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षिय लोकप्रसाद भट्टराईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे