एमाले महासचिव पोख्रेल दाङमा, विभिन्न कार्यक्रममा सहभागी हुने



एमाले महासचिव पोख्रेल दाङमा, विभिन्न कार्यक्रममा सहभागी हुने
दाङ १४ साउन । नेकपा एमालेका महासचिव शंकर पोख्रेल दाङ आएका छन् । गृहजिल्ला दाङमा उनी दुईदिन बस्ने छन् । जिल्लामा हुन लागि रहेका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नका लागि दाङ आएका पोख्रेलले यहाँका नेता, कार्यकर्ता, शुभेच्छुकहरु र विभिन्न अहोदामा रहेका व्यक्तिहरुलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।
एमाले महासचिव पोख्रेल दाङ रहँदा मंगलबार विहान प्रेस चौतारी दाङले आयोजना गर्न लागि रहेको पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेकाे छ । चौतारी दाङले विहान नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाकक्षमा विहान ८ बजे पार्टी महासचिव तथा पूर्व सञ्चारमन्त्री एवं लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका पोख्रेलको सहभागितामा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागिता जनाउन चौतारीले सबैमा अनुरोध गरेको छ । चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा र सचिव किरण गौतमले कार्यक्रममा सहभागी हुन सबैमा अनुरोध गरेका छन् ।
यसैगरी महासचिव पोख्रेलले नेकपा एमाले दाङको वैठकलाई सम्बोधन गर्ने छन् । नेकपा एमाले दाङको जिल्ला पार्टी कार्यालय भरतपुरमा दिउँसो साढे १२ बजे आयोजना गर्न लागिएको वैठकलाई पार्टी महासचिव पोख्रेलले निर्देशनसहित सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वैठकमा सबै जिल्ला सदस्य एवं केन्द्र, प्रदेशका सदस्यहरुलाई सहभागिताका लागि एमाले दाङले अनुरोध गरेको छ । पार्टी अध्यक्ष शिबकुमार आचार्य र सचिव श्याम डाँगीले वैठकमा सहभागि हुन सम्बधित सबैलाई अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे