दाङ लमहीकी सुष्मा ग्रेसको पहिलो तीज गीत ‘नक्कली भैछुर’ सार्वजनिक (भिडियाे सहित)



दाङ लमहीकी सुष्मा ग्रेसको पहिलो तीज गीत ‘नक्कली भैछुर’ सार्वजनिक (भिडियाे सहित)

देउखुरी ११ साउन । देउखुरीको लमही निवासी चर्चित सदाबहार गायिक सुष्मा ग्रेसको पहिलो तीज गीत सार्वजनिक भएको छ । गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत आज शुक्रबार दिउँसो उक्त तीज गीत सार्वजनिक भएको हो ।

लमहीका संचारकर्मी प्रियास्मृती गजमेरको शब्द लेखन तथा सुष्मा ग्रेसको आवाजमा रहेको ‘नक्कली भैछुर’ बोलको तीज गीतको भिडियोमा गायक तथा संगीतकार ज्ञानेन्द्र स्वणर्कारले लय भरेका छन् भन सन्तोष सुनामले एरेन्ज गरेका हुन् । गीतको कोरियोग्राफी चर्चित नृत्य निर्देशक विक्रम चौहानले गरेका छन् । यस्तै उक्त भिडियोमा चर्चित मोडेल अन्जली अधिकारी र करिश्मा ढकालको प्रमुख अभिनय रहेको छ ।

‘नक्कली भैछुर’ बोलको तीज गीतले सबै दर्शक स्रोताको मन जित्ने छ भन्ने अपेक्षा गरेको यस गीतका लय संकलक ज्ञानेन्द्र स्वणर्कारको भनाई छ । असंख्य गीतहरुको भिडमा हाम्रो गीतलाई स्रोताले झ्याप्प मन मस्तिष्कमा राख्न सकुन भनेर लय अत्यन्तै सरल र सहज बनाइएको छ र अर्को कुरा यो गीतको लय स्रोता र पाठकले सजिलै गुनगुनाउन सकुन भन्ने उदेश्यले नै गरिएको हो ।

गीतमा चलनचल्तीका शृंगार लगाउदैमा मैले के गल्ती गरे भनेर आफ्ना मनका भावहरु पोखिएको छ । के यी शृंगारहरु लगाउदैमा नक्कली भइन्छ र ? के यी कसैले नलगाएका शृंगार हुन र भन्दै आफ्ना संगी साथीलाई सोधिएको भाव यस गीतमा झल्किएको छ । गीतलाई सुष्मा ग्रेसले मिठासपूणर् शैलीमा आवाज दिएकी छिन् ।

चर्चित सदाबहार गायिक ग्रिसले विभिन्न आधुनिक गीत, लोकदोहोरी आइटम गीत समेत गरी गरिब दुई दर्जन बढी गीत बजारमा ल्याईसकेकी छिन् । उनले साउनको महिनामा, उडान, टिकटकले हिरो बनायो, दुख पाएछ, परेली छिमछिम भो, आगो नजिक भए र निलो टेक्टर लगायतका गीतहरु बजारमा ल्याइसकेकी छिन् । उनी दाङ—देउखुरी सहित विभिन्न जिल्लाका मेला मोहत्सवमा समेत निरन्तर आफ्नो प्रस्तुति दिंदैं आइरहेकी छिन् ।

लमहीमा रहेर पत्रकारिता गर्दै आएका संचारकर्मी गजमेरका शब्दमा आधुनिक र लोक गीत पनि बजारमा आइसकेका छन् । छिट्को गुन्यो’ बोलको गीतमा यादवनाथ योगी र रिता केसीले आवाज दिएका छन् । ‘किन किन तिम्रै यादमा’ बोलको गीतमा पछिल्लो समयमा चर्चित गायक गोविन्द मधुर आचार्यले आवाज दिएका छन् भने ‘तल तल बनायो’ बोलको गीतमा ज्ञानेन्द्र स्वणर्कार र विशाखा शाहीले आवाज दिएका छन् ।

याे हेर्नुस् पुरा भिडियाे…

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे