आमाको जन्मदिनमा वडाध्यक्ष पाैडेलले गरे विद्यालयमा अक्षयकोष स्थापनाको घोषणा



आमाको जन्मदिनमा वडाध्यक्ष पाैडेलले गरे विद्यालयमा अक्षयकोष स्थापनाको घोषणा

भालुवाङ १९ फागुन । प्युठानको मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नोमराज पौडेलले आमाको जन्मदिनमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

आफुले पाउने एक महिनाको सेवा सुविधा वुवा आमाको नाममा केशवराज बेला कुमारी अध्यक्ष कोष स्थापना गर्ने अध्यक्ष पौडेलले जानकारी दिए । समाजसेवामा निकै कृयाशिल अध्यक्ष पौडेलले पहिलो महिनाको सेवा सुविधा नेपाल रेडक्रस सोसाईटी धरमपानी उपशाखामा केशवराज बेला कुमारी अक्षयकोष स्थापना गरिसकेका छन् ।

वुवाआमाको खुसि र विधार्थीको शैक्षिक सुधारमा अाउने अपेक्षासहित अक्षय कोषबाट आएको ब्याजले शैक्षिक सामग्रि प्रदान गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे