दाङमा कर्तव्य ज्यान मुद्दाका फरार १ जना तीन वर्षपछि पक्राउ



दाङमा कर्तव्य ज्यान मुद्दाका फरार १ जना तीन वर्षपछि पक्राउ

दाङ २३ माघ । दाङमा कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका- १३ फुलवारी निवासी ४१ वर्षीय ‘दमाई माइलो’को नामले परिचित मंगल नेपाली रहेका छन् । लमही नगरपालिका- ९ स्थित पाखापानी सामुदायिक वनमा उनी शिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर घाइते भएका खुसलराम पौडेलको उपचारको क्रममा मृत्यु भएको थियो ।

शिकार खेल्ने क्रममा नेपालीले बोकेको भरुवा बन्दुकको गोली लागेर पौडेलको २०७७ मंसिर २० गते भारतको लखनउँमा उपचारको क्रममा मृत्यु भएको थियो । पौडेललाई घाइते अवस्थामा जंगलमै छाडेर नेपाली भागेका थिए ।

भारतमा लुकिछिपी बस्दै आएका नेपाली दाङ प्रवेश गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालयले लमहीले अर्जुनखोलाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए । प्रहरीले उनीमाथि कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे