दाङको छिल्लीकोटका लागि बेलझुण्डीको बाटो बन्द गरिने, विजौरीको खुल्ला



दाङको छिल्लीकोटका लागि बेलझुण्डीको बाटो बन्द गरिने, विजौरीको खुल्ला

तुलसीपुर, २६  मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित छिल्लीकोट पुग्नकालागि अब विजौरीको सडक प्रयोग हुने भएको छ । यस अघि विजौरी र बेलझुण्डीको दुबै सडक प्रयोग हुने गरेको भएपनि अब भने बेलझुण्डीको सडक बन्द गर्ने निर्णय गरेको कालिका–मालिक मन्दिर ब्यबस्थापन समितिका कोषाध्यक्ष प्रविर पुनले बताए ।

उनका अनुसार बेलझुण्डी हुँदै जाने सडकमा सिमेन्ट उद्योगका गाडी चल्ने र धुलाम्मे हुने भएकाले अब विजौरीको बाटो हुँदै छिल्लीकोट पुग्न पनि पर्यटकलाई अनुरोध गरेका छन् । साथै छिल्लीकोटमा सुरक्षा ब्यबस्थामा कुनै कम्जोरी नहुँने समेत प्रतिबद्धता जनाए । केही दिन अघि मात्रै छिल्लीकोट पुगेका सक्रामका केही युवाहरुले गरेको दुव्र्यवहारप्रति निन्दा प्रकट गर्दै अब यस्ता गतिबिधि नहुँने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे