नेभ्ला दाङले ३४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनायो



नेभ्ला दाङले ३४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनायो

भालुवाङ १० मंसिर । नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एशाेसियसन(नेभ्ला) दाङले आफ्नो ३४ औं स्थापना दिवस शनिबार विभिन्न कार्यक्रम गरि मनाएको छ।

नेभ्लाले जिल्लाकाे गढवा गाउँपालिका वडा नं.६ मनिकापुरमा र शान्तिनगर गाउँपालिका वडा नं. २ पेदामा रहेको गाैशालाका ३ सय ५० बढी पशुहरूलाई मिनरल बितरण, उपचार , परजिवि नियन्त्रण कार्यक्रम गरि स्थापना दिवस मनाए नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एशाेसियसन(नेभ्ला) दाङका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए ।

शान्तिनगर -२ का वडाध्यक्ष सुनिल वली र गढवा- ६ का वडाध्यक्ष बिरबहादुर आलेमगर सँगकाे समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको हाे। कार्यक्रमा नेभ्लाका दाङ जिल्ला समितिका पदाधिकारीहरुकाे सहभागीता रहेको थियो ।

पेशागत हकहितका साथै नेपाली कृषक तथा पशुकल्याणकाे क्षेत्रमा क्रियाशिल रहदै आएको नेभ्लाले प्रत्येक वर्ष स्थापन दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे