जियोफेस्ट अन्तर्राष्ट्रिय कार्यक्रममा दाङको गुरुकुललाई उपाधी
घोराही १० मंसिर । दाङको गुरुकुल एकेडेमीले भारतको लखनउमा आयोजना भएको जियोफेस्ट अन्तर्राष्ट्रिय कायक्रममा दोस्रो र तेस्रो उपाधि हात पारेको छ । सिटि मन्टेस्वरी विद्यालय लखनउ भारतको आयोजनामा भएको कार्यक्रममा गुरुकुल एकेडेमीले उपाधि पाएको हो ।
विज्ञान प्रविधि तथा पृथ्वीको संरक्षण र वातावरणको संरक्षण सम्बन्धि संसारभरीका विद्यार्थीहरुलाई जनचेतना जगाउने उद्धेश्यले जियोफेस्ट नामक अन्तराष्ट्रिय कार्यक्रमको आयोजना गरीएको थियो । सो कार्यक्रममा बिभिन्न १२ बिधामा छुट्टै कार्यक्रम भएका थिए ।
जस अन्तर्गत गुरुकुल एकेडेमीले प्रविधि सम्बन्धी जियोटेक नामक बिधाको कार्यक्रममा दोस्रो उपाधि हात पारेको हो भने थ्रिडि सफ्टवोर्ड डेकोरेसन बिधामा तेस्रो स्थान हासिल गरी उपाधि जितेको हो ।
भारतमा आयोजित कार्यक्रममा रसिया, बहराइन लगायत बिभिन्न बिकसित मुलुकका ६१ वटा विद्यालयको सहभागिता रहेको थियो । जसमा नेपालको प्रतिनित्व गरी गएका ६ वटा विद्यालय मध्ये गुरुकुल एकेडेमीले २ वटा उपाधी हात पार्न सफल भएको गुरुकुल एकेडेमीका अन्तर्राष्ट्रिय बिभाग प्रमुख तथा शिक्षक इन्द्र प्रसाद पोख्रेलले जानकारी दिए ।
कार्यक्रममा सहभागि हुन दाङबाट गुरुकुल एकेडेमीका ३ जना शिक्षक र १० जना विद्यार्थि गरी १३ जनाको उपस्थिति रहेको थियो । गुरुकुल एकेडेमीका प्रधानाध्यापक डाक्टर कृष्णराज डिसि सहित समुह क्याप्टेन इन्द्रप्रसाद पोख्रेल र ब्यञ्जना पोख्रेल उपस्थित रहेकाे थियाे ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त अवार्ड हासिल गरीसकेको गुरुकुल एकेडेमीले एस अघिपनि बिभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागि भई बिभिन्न अवार्डहरु जितिसकेको छ । २०७२ सालमा स्थापना भएको गुरुकुल एकेडेमीले जिल्लामा शैक्षिक क्षेत्रको राम्रो छाप बनाउन सफल भएको छ ।
यस अघि २०७९को एसइई परीक्षामा ४ जिपिए प्राप्त गर्न सफल भएको विद्यालयका प्लस टु उतिर्ण गरी मेडिकल तर्फ र पुल्चोक इन्जिनियरीङ अध्ययण संस्थानको इन्ट्रान्स परीक्षामा ११ जना विद्यार्थिहरु नाम निकाल्न सफल भएका थिए जसका कारण विद्यालय अभिभावकको रोजाईमा पर्दै गएको छ ।