दाङको तुलसीपुरबाट सल्यानका लागि छुटेको बस दुर्घटना, ६ जना घाइते



दाङको तुलसीपुरबाट सल्यानका लागि छुटेको बस दुर्घटना, ६ जना घाइते

सल्यान ८ मंसिर ।  दाङको तुलसीपुरबाट सल्यानका लागि छुटेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते हुनेमा दाङको बबई गाउँपालिका ७ निवासी ३८ वर्षीय कुशल डाँगी, सहचालक सल्यानको कुमाख गाउँपालिका ७ निवासी २५ वर्षीय लाल बहादुर शाही घाइते भएका छन् ।

यस्तै बागचौर नगरपालिका २ निवासी १० वर्षीय सुसान्त केसी, सोही ठाउँ निवासी ५५ वर्षीया सावित्रा वली, ७८ वर्षीय झुपा केसी र बाँकेको राप्तीसोनारी गाउँपालिका ३ निवासी ५० वर्षीया डिला खड्का रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिए ।  उनका अनुसार तुलसीपुरबाट सल्यानको दार्माका लागि छुटेको ना ४ ख ३९९६ नम्बरको बस राप्ती राजमार्ग अन्र्तगत शारदा नगरपालिका ६ भट्टेचौरमा अनियन्त्रित भएर दुर्घटना भएको हो । बसमा जम्मा २८ जना सवार रहेकोमा अन्य यात्रु भने सकुसल रहेको र सहचालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेको अहिले श्रीनगरमा रहेको मेट्रो हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे