राष्ट्रपति पौडेल उपराष्ट्रपति यादव र प्रधानमन्त्री प्रचण्डद्धारा दशैंको शुभकामना



राष्ट्रपति पौडेल उपराष्ट्रपति यादव र प्रधानमन्त्री प्रचण्डद्धारा दशैंको शुभकामना

काठमाण्डाै ७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा मानव जातिको कल्याण र विश्व शान्तिका लागि कामना गरेका छन् ।

दशैंको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले सो कामना गरेका हुन् । उनको शुभकामना सन्देशमा लेखिएको छ, ‘अशान्त हुन थालेको विश्वमा विजयादशमीले शान्ति ल्याउन् साथै, यस अवसरमा म मानव जातिको कल्याण र विश्व शान्तिका लागि कामना गर्दछु ।’ राष्ट्रपति पौडेलले राष्ट्र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायीत्व, सुशासन र समृद्धिको समेत कामना गरेका छन् । उनले देश विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि, सुवास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना पनि दिएका छन् ।

यसैगरी उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन आह्वान गरेका छन् ।

विजया दशमीको शुभकामना सन्देश दिँदै उनले देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी रहेको बताएका छन् । ‘नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ । यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ’ उनको शुभकामना सन्देशमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे