निलम्बित गाैतम समितिको निर्णय बिना क्याम्पसमा हाजिर : नेकपाको गम्भीर ध्यानाकर्षण



निलम्बित गाैतम समितिको निर्णय बिना क्याम्पसमा हाजिर : नेकपाको गम्भीर ध्यानाकर्षण

लमही ११ असोज । देउखुरी बहुमुखी क्याम्पस लमहीबाट निलम्बित क्याम्पस प्रमुख शेषमणी गाैतम समितिको निर्णय बिना क्याम्पसमा हाजिर भएको प्रति नेपाल कम्युनिस्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

पार्टीका दाङ जिल्ला क्षेत्र नम्बर ३ का सेक्रेटरी अल्फा सि.ले एक विज्ञप्ति जारी गरि सो ध्यानाकर्षण गराएका हुन् । पूर्व क्याम्पस प्रमुख गौतमले एक छात्रा माथि बलात्कार गरेको आरोपमा मुद्धा दर्ता भई जेल चलान भएको अवस्थामा राजनैतिक, आर्थिक चलखेलको कारण अदालतबाट मुद्धा सफाई पाएको र निज गौतम कारागारबाट छुटेर अदालतको फैसलाको पूर्णपाठ नआउँदै व्यवस्थापन समितिलाई समेत बेवास्ता गरी क्याम्पस सञ्चालक समितिको निर्णय बिना नै विधि प्रकृया विपरित हाजिर भएको विज्ञप्तिमा उल्लेख छ ।

साथै बलात्कृत भनिएकी छात्राले न्याय नपाएको अवस्थामा यस्तो गतिविधि प्रदर्शन नगर्न सम्बन्धी पक्षलाई पार्टीले चेतावनी दिदै आम विद्यार्थी अभिभावक, मानव अधिकारवादी, नागरिक समाज र सचेत जनतालाई सत्य तथ्य पत्ता लगाउन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे