राप्तीले विद्यालय शिक्षामा गुणस्तर अभिवृद्धि गर्न प्रअ र अध्यक्षहरुलाई क्षमता विकास तालिम दियाे



राप्तीले विद्यालय शिक्षामा गुणस्तर अभिवृद्धि गर्न प्रअ र अध्यक्षहरुलाई क्षमता विकास तालिम दियाे

भालुवाङ १४ साउन । दाङको राप्ती गाउँपालिकाले विद्यालय शिक्षामा गुणस्तर अभिवृद्धिका लागि पालिका भरि रहेका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई आइतवार एक दिवसीय क्षमता विकास तालिम प्रदान गरेको छ ।

संस्थागत विद्यालयहरुमा केहि सुधार देखिए पनि सामुदायिक विद्यालयहरुमा पढाउने शैली, उपस्थिती, भौतिक संरचना, काम कर्तव्य र जिम्मेवारी सहि तरिकाले नअपनाउँदा शिक्षामा गुणस्तर अभिवृद्धि नसकिएको कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलका पूर्व प्रधानाध्यापक घनश्याम पाठकले बताएका छन् । पूर्व प्रधानाध्यापक पाठकले कालिका त्यतिकै कालिका नभएको भन्दै विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न सवै पक्ष जिम्मेवार पनि हुनुपर्ने बताएका छन् ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संस्कारयुक्त शिक्षा नभए देश दुर्घटनामा जान सक्ने भन्दै विद्यालयहरुमा सिप तथा संस्कारयुक्त शिक्षा आवश्यक रहेको बताएका छन् । त्यस्तै उनले परिक्षामा विद्यार्थीले ल्याएको उत्कृष्ट नतिजाले मात्र विद्यालयको गुणस्तर सुधार भएको मान्नु गलत रहेको बताउँदै सवै पक्षमा सुधार नभए सम्म विद्यालयको गुणस्तर सुधार हुन नसक्ने बताएका थिए ।

राप्ती गाउँपालिकाका अध्यक्ष विष्टकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका ९० भन्दा बढी प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको प्रशिक्षकमा कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलका पूर्व प्रधानाध्यापक घनश्याम पाठक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे