सामुदायिक विद्यालय तर्फ माध्यमिक विद्यालय मौरीघाटले ल्यायो शतप्रतिशत नतिजा



सामुदायिक विद्यालय तर्फ माध्यमिक विद्यालय मौरीघाटले ल्यायो शतप्रतिशत नतिजा

भालुवाङ २५ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ खिनैटामा रहेको श्री माध्यमिक विद्यालय मौरीघाटले यस वर्षको एसईईको परीक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

गत बिहीबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफलमा सो स्कुलले १ सय २७ जना विद्यार्थीमा १ सय २७ जना विद्यार्थी नै राम्रो ग्रेडमा उत्र्तीण हुन सफल भएको विद्यालयकी प्रधानाध्यापक सिता रिजालले जानकारी दिएकी छिन् । प्रिन्सिपल रिजालले दिएको जानकारी
अनुसार ३.२०–३.६० जिपिए ल्याउने १ जना, २.८०– ३.२० जिपिए ल्याउने २ जना, २.४०–२.८० जिपिए ल्याउने १४ जना, २.००–२.४० जिपिए ल्याउने ३८ जना, १.६०–२.०० जिपिए ल्याउने ६९ जना र १.२०–१.६० जिपिए ल्याउने ३ जना गरि कुल १ सय २७ जना छात्रछात्राहरु उत्तीर्ण हुन सफल भएका छन् ।

शतप्रतिशत विद्यार्थी उत्र्तीण हुनुमा शिक्षक र विद्यार्थीको मेहनत, अभिभावकको लगानी शुभ चिन्तकहरुको सल्लाह सुझाव, माया हौसलाले गर्दा शिक्षा क्षेत्रमा राम्रो गरिरहेको प्रधानाध्यापक रिजालको भनाई छ । शतप्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल भएकोमा विद्यालयका प्रधानाध्यापक रिजालले शिक्षक, विद्यार्थी, अभिभावक र शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे