नेकपा एमालेद्वारा भालुवाङमा प्रधानमन्त्री प्रचण्डकाे पुत्लादहन, केहीबेर तनावग्रस्त



नेकपा एमालेद्वारा भालुवाङमा प्रधानमन्त्री प्रचण्डकाे पुत्लादहन, केहीबेर तनावग्रस्त

भालुवाङ २२ जेठ । राष्ट्रघाती नागरिकता खारेजीकाे माग गर्दै नेकपा एमाले दाङले सोमबार बेलुका भालुवाङमा विरोध प्रदर्शन गरेको छ । कार्यक्रम अन्तरगत पार्टीले सांकेतिक रूपमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको पुत्लादहन गरेको छ ।

एमालेको देशैभर विरोध कार्यक्रम अन्तरगत सोमबार भालुवाङमा विरोध प्रदर्शन गरिएको हो । प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र आन्दोलनकारी बीच केही बेर धकेलाधकेल समेत भएको थियो । भालुवाङ टिकट काउन्टरबाट राके जुलुश सहित प्रधानमन्त्री प्रचण्डको सांकेतिक शवलाई बोकेर बजार परिक्रमा गरि पुन सोही ठाउँमा आइ पुत्ला दहन गरेका थिए ।

पुत्लादहन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले राष्ट्रघाती नागरिकता विधेयक तुरुन्त खारेजीको माग गरेका छन् । त्यस्तै उनले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा गरेका राष्ट्रघाती सम्झाैता खारेज गर्न र महगी भ्रष्टाचार नियन्त्रण गर्न माग समेत गरेका छन् । सभाको सञ्चालन नेकपा एमाले राप्ती गाउँपालिका कमिटीका सचिव भरतमणी न्याैपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे