लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चाैधरी नियुक्त



भालुवाङ १४ वैशाख । लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चाैधरी नियुक्त भएका छन् । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले चाैधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

चाैधरीले बिहीवार नै प्रदेश प्रमुखसमक्ष बहुमत सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । चाैधरीलाई कांग्रेस, माओवादी केन्द्र सहित आठ दलका ५३ जना सांसदकाे समर्थन छ । प्रदेश प्रमुखले हिजाे मङ्गलवार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए ।

गएकाे पुस २७ गते मुख्यमन्त्री बनेका एमालेका लीला गिरीले विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए । केन्द्रमा सत्ता समीकरण फेरिए सँगै गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे