कांग्रेसको अडानका कारण चितवन- २ को मतगणना आज नहुने, भोलीबाट मात्र सुरू हुने
काठमाडौं १० वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ को मतगणना आज सुरु नहुने भएको छ । सर्वदलीय बैठकमा दलहरूबीच सहमति नजुटेपछि मतगणना प्रभावित भएको हो ।
आयोगले आजै बेलुकीबाट मतगणना सुरु गर्ने तयारी गरेको थियो । तर, रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभई मतगणना नगर्ने कांग्रेस र एमालेका उम्मेदवारको अडानले सर्वदलीय बैठक निष्कर्षविहीन भएको हो । भोलि बिहान पुनः बस्ने गरी बैठक स्थगित भएको छ ।
चितवन २ का एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले रवि लामिछानेविरुद्धको उजुरीमाथि निर्णय गर्न समय लाग्ने भएकाले भोलिबाट मात्र मतगणना गर्ने सहमति उम्मेदवारहरूबीच भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्