प्रचण्ड सरकारका कारण अर्थतन्त्र संकटमा परेको छ : मुख्यमन्त्री गिरी



भालुवाङ १८ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रचण्ड सरकारका कारण अर्थतन्त्र संकटमा परेको बताएका छन् ।

शनिबार राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित हर्षेडाँडामा नेपाल उद्योग तथा व्यवसायी महासंघ राप्ती गाउँपालिकाको पालिका स्तरीय भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री गिरीले प्रचण्ड सरकार आए यता मंहगी बढेको र अर्थतन्त्र धरासाय भएको बताएका छन् । देशमा अहिले व्यवसायी गर्नेहरूमा नाफा भन्दा नोक्सान बढी भएको हुँदा पनि आर्थिक संकट उत्पन्न भएको बताएका छन् । उनले अर्थतन्त्रमा सुधार ल्याउन आम्दानी र खर्चको व्यालेन्स मिलाउन सके मात्र अर्थतन्त्रमा सुधार आउने बताएका छन् ।त्यस्तै मुख्यमन्त्री गिरीले उत्पादनलाई कृषि सँग जोडेर व्यवसायीकरण गर्न आवश्यक रहेको बताएका छन् । महासंघका अध्यक्ष भरतमणी न्याैपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य रेवतीरमण शर्मा, पार्टीका जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेत, पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्यहरू जगतप्रसाद पोख्रेल, कुलबहादुर केसी, महासंघका जिल्ला इन्चार्ज टोपबहादुर घर्ती, महासंघका जिल्ला अध्यक्ष रूद्रबहादुर डाँगी, नेकपा एमाले राप्ती गाउँपालिका कमिटीका अध्यक्ष मदन अधिकारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम विभिन्न पार्टी परित्याग गरि आधा दर्जन बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई प्रमुख अतिथि मुख्यमन्त्री गिरीले टिका, खाँदा लगाएर पार्टी प्रवेश गराएका थिए ।त्यसै गरि कार्यक्रममा स्ववियु निर्वाचनमा ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया र देउखुरी बहुमुखी क्याम्पस लमहीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियो । महासंघकी उपाध्यक्ष बृहस्पति श्रेष्ठको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महासंघका सचिव ओमनाथ बञ्जाडेले गरेका थिए ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ राप्तीको अध्यक्षमा : शरद अधिकारी

नेपाल उद्योग तथा व्यवसायी महासंघ राप्तीको अध्यक्षमा शरद अधिकारी सर्वसहमतीले चयन भएका छन् । भेलाले अधिकारीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।नव गठित महासंघको उपाध्यक्षमा भुवानन्द भुसाल, महिला उपाध्यक्षमा भुमि गुरूङ, महासचिवमा कमल केसी, सचिवमा पार्वती कंवर, कोषाध्यक्षमा गोपाल आचार्य रहेका छन् । त्यसै गरि सदस्यहरूमा राजकुमार विश्वकर्मा, लक्ष्मी पोख्रेल, बाबुराम पोख्रेल, कमल चाैधरी, कृष्ण पोख्रेल, बसन्त भट्टराई, विष्णु बोहरा, हरि चाैधरी, प्रेम चाैधरी, शिवराज रिजाल, केशव पोख्रेल, रमेश पाैडेल, भानी पुन, कृष्ण पाैडेल, दिलबहादुर परियार, लक्ष्मी परियार, सुर्य सुवेदी, कमल थापा, विष्णा बोहरा, सीता पुन, रूपा भुसाल, रामप्रसाद चाैधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे