भालुवाङ रोल्पाली टोलको गल्ली पक्की हुने भएपछि स्थानीयहरु खुसी



भालुवाङ १७ माघ । झण्डै २६ वर्ष पुरानो राप्ती गाउँपालिका १ पुल्चोक स्थित ३६ घरधुरी रहेको रोल्पाली टोलको गल्ली पक्की हुने भएपछि स्थानीयमा खुसीयाली छाएको छ। उक्त गल्ली पक्की बनाउनको लागि राप्ती गाउँपालिकाले यस चालू आर्थिक वर्ष २०७९/०८० मा ५ लाख रुपैयाँ अनुदानकाे व्यवस्था गरेको छ।
६० मिटर लामो ६ मिटर चौडा रहेको उक्त गल्ली कच्ची हुँदा हिलाम्मे, चिप्लो, खाल्डाखुल्डी हुँदा बालबालिका, असक्त, जेष्ठ नागरिक र महिलाहरुलाई आवतजावत गर्न निकै कठिनाई थियो। अब भने पक्की नाला सहित यो गल्ली पक्की हुने भएपछि आफू धेरै खुशी भएकाे सोही टोलका २६ वर्षीय नारायण विष्टले खुशी व्यक्त गरे । त्यसैगरी सोही टोल निवासी कमल थापाले वडा भित्रका पुल्चोक, पाखापानी, शान्तिपुर, चैते र बगासुती समेतका दुर्गम तथा शहरी बजार टोलमा पहिले नै सडक गल्ली पक्की भएपनि हाम्रो गल्ली हुन सकेको थिएन।
यसैगरी केशमाला घर्तीमगर खुशीले गदगद हुँदै हाम्रो गल्ली ढिलै भए पनि पक्की बनाउन बजेट पारिदिनु हुने वडाका जनप्रतिनिधि तथा गाउँपालिकालाई धन्यबाद दिएका छान् ।  २०५० साल तिर रोल्पाका विभिन्न गाउँबाट बसाई सारी आएका ३६ घर परिवार बसोबास गर्ने मगर समुदायका मानिसहरू रहेको उक्त टोलमा अब सक्दो सहयोगमा ध्यान दिने वडा अध्यक्ष गेम बहादुर खड्काले जानकारी दिएका छन्
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे