पोखरा विमान दुर्घटना : मृतककाे शव भाेलि परिवारलाई बुझाइने



कास्की १ माघ । सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ । मृतककाे शव गण्डकी अस्पतालकाे शव गृहमा राखिएकाे छ । तीन जनाकाे शव भने अझै भेटिएकाे छैन ।

शवहरू अस्पताल पुर्‍याएसँगै मृतकका  दिवङ्गत यात्रुका परिवारजन अस्पताल पुगेका छन् । अस्पताल परिसरमा मृतकका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू धेरैजसाे पहिचान गर्न नसकिने अवस्थामा रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिएका छन् । पोखराका पहिचान भएका शव पोखराबाट आफन्तलाई बुझाउने र अन्य शवलाई काठमाण्डाै लगिने उनले बताए ।

पोखराका पहिचान भएका शव भाेलि सोमवार बिहान ९ बजेपछि पोस्टमार्टम गरी परिवारलाई बुझाउने प्रजिअ अधिकारीले बताए। अहिले सम्म ११ जनाको शव सनाखत भएको छ । ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे