६८ जना यात्रु सहितकाे यति एअरलाइन्सको विमान पोखरामा दुर्घटना



काठमाण्डाै १ माघ । पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।

विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे