प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै
काठमाडौं २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदैछन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा यही पुस १० प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् ।
यसअघिको सरकारमा रहेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने अहिलेसम्म विश्वासको मत दिने वा नदिने निर्णय गरिसकेको छैन । विश्वासको मतका लागि सबै तयारी पूरा भइसकेको छ । प्रतिनिधि सभाको बैठक सोमबारदेखि नै सुरु भएको छ । ज्येष्ठ सदस्यको हैसियतले राप्रपाका पशुपतिशम्शेर जबराले बैठक सञ्चालन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्