सत्तारुढ गठबन्धनमा मिल्यो भागवण्डा, लुम्बिनीमा एमालेकाे सरकार बन्ने



सत्तारुढ गठबन्धनमा मिल्यो भागवण्डा, लुम्बिनीमा एमालेकाे सरकार बन्ने

काठमाडौं २४ पुस । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनकाे बाँडफाँट टुंगिएको छ । दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो ।

जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालाे सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल प्रेसलाई जानकारी दिएका छन् ।

आजै प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, जसपाका उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङदेन तथा जनमत पार्टीका सीके राउतको सहभागीता रहेको थियो ।

यस्ताे छ भागवण्डा

मुख्यमन्त्री

प्रदेश १ – एमाले

मधेश- जनता समाजवादी र जनमत पार्टी आलोपालो

बाग्मती – माओवादी केन्द्र र एमालेले पालैपालो

गण्डकी र लुम्बिनी – एमाले

कर्णाली – माओवादी केन्द्र

सुदूरपश्चिम – एमाले र माओवादी आलोपालो ।

सभामुख:

मधेस, कर्णाली – एमाले सभामुख

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम – माओवादी

बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी

उपसभामुख: 

प्रदेश १ र गण्डकी- एमाले

बागमती र कर्णाली- माओवादी

लुम्बिनी- राप्रपा

मधेश प्रदेश- जनमत पार्टी

सुदूरपश्चिम- नागरिक उन्मुक्तिलाई प्रस्ताव

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे