राप्ती गाउँपालिकामा अबैध नदीजन्य पदार्थ उत्खनन् गर्ने ४ ट्याक्टर पक्राउ, बिना राजस्व छाडियो
भालुवाङ १९ पुस । अबैध उत्खनन् गरी लोड गरिरहेको अबस्थामा प्रहरीले ४ वटा ट्याक्टरलाई नियन्तरणमा लिएको छ । ईलाका प्रहरी कार्यालय भालुबाङ्गले मंगलबार बिहान ७ बजे ट्याक्टर नियन्तरणमा लिएको हो । एकाबिहानै खोलाबाट अबैध ढुँगा बालुवा ओसार पसार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरिएको भालुबाङका प्रहरी प्रमुख सुजन बिक्रम शाहले बताए ।
राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर स्थित राप्ती नदीको किनारमा नदिजन्य पदार्थ लोड गरिरहेको अबस्थामा प्रहरीले ट्याक्टर छोपेको हो । रा १ त ४३६४, ना ७ त ५६८८, रा १ त २५३२ र रा १ त ४३७५ नम्बरका ट्याक्टरहरु अबैध उत्खननमा ब्यस्त थिए । प्रहरी प्रमुख शाहले कारबाहीका लागि राप्ती गाउँपालिका पठाईसकेको पनि जानकारी दिए । ट्याक्टरहरु ढुङ्गा र बालुवा लोड अबस्थामा रहेका थिए ।त्यस्तै यता राप्ती गाउँपालिकाले भने राजस्व नलिई छोपिएको ट्याक्टरलाई छाडेको छ । नदिजन्य पदार्थ उत्खनन् कार्यबिधी अनुसार अबैध उत्खनन्मा संलग्न पर ट्याक्टरलाई २० हजार रुपैया जरिवाना लिनुपर्ने प्राबधान छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले अबैध उत्खनन् नभएको दाबी गरेका छन् ।
उपभोक्ताको प्रयोगका लागि उत्खनन् भएको र वडा कार्यालयले सामान्य राजस्व लिएर अनुमती दिएको बताए । वडा कार्यालयले उत्खनन्का लागि दिएको अनुमतीपत्रमा समय नखुलाईएको अध्यक्ष बिष्टले स्विकारे । ‘भुलबस समय खुलाईएन होला, यसमा वडाध्यक्षले पनि स्विकार्नु भयो अध्यक्ष बिष्टले भने (आजको उत्खनन् अबैध चाँही होईन, उपभोक्ताबाट डबल राजस्व लिनुपनि त भएन ।’त्यसो त राप्ती नदीमा दैनिक जसो अबैध उत्खनन् भईरहन्छन ।राप्तीबाट गुपचुपमा राती नदीजन्य पदार्थ ओसारपसार भईरहने स्थानीयहरु बताउछन् । रातीको उत्खनन्ले चोरी होकि भन्ने थप पुष्टि गर्छ । त्यसोत देउखुरीका ४ पालिकाले नदीजन्य पदार्थ उत्खनन्का लागि अझै टेण्डर आह्वान गरेका छैनन् । तर उत्खनन् भने भईरहेका हुन्छन । यसतर्फ नियमन गर्ने सम्बन्धित निकाय मौन देखिएका छन् ।
खाेज रफ्तारबाट साभार