तुलसीपुरमा खाना पकाउने क्रममा जलेर गम्भीर घाइते कुमालको मृत्यु
दाङ २ पुस । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर गम्भीर घाइते भएकी तुलसीपुर उपमहानगरपालिका-११ मोतिपुर निवासी ५९ वर्षिय बसन्ती कुमालको मृत्यु भएको छ ।
कुमालको बाँकेको कोहलपुर मेडिकल क्लेजमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक पुष्पराज मल्लले जानकारी दिएका छन्।
डिएसपी मल्लका अनुसार शुक्रबार बेलुकी ७ बजेतिर आगोले पोल्दा कुमालको कम्बरदेखि तल्तिरको अधिकांस भाग जलेको थियो । घाईते कुमालको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्