२० वर्षमुनिको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बङ्लादेशसँग खेल्ने



२० वर्षमुनिको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बङ्लादेशसँग खेल्ने

काठमाण्डाै १ पुस । बङ्लादेशमा हुने २० वर्षमुनिको महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसनले हिजो खेल तालिका सार्वजनिक गरेको हो ।

च्याम्पियनसिप आउँदो फेब्रुअरी ३ देखि ९ तारिखसम्म ढाकामा हुनेछ । प्रतियोगितामा नेपाल, बङ्लादेश, भारत र भुटान सहभागी हुनेछन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा फेब्रुअरी ३ मा आयोजक बङ्लादेशसँग खेल्नेछ । यस्तै, भुटानसँग फेब्रुअरी ५ र भारतसँग फेब्रुअरी ७ तारिखमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे