गोरखाका धाँधली भएका भन्दै पुनः मतदान गराउन एमालेको माग
गाेरखा ५ मंसिर । नेकपा एमाले गोरखाले जिल्लाका विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन: चुनाव गराउन माग गरेको छ। जिल्ला सचिव काजीराम रोकाले विज्ञप्ति निकालेर निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न केन्द्रमा मृतक तथा तत्काल अनुपस्थित रहेकाहरुको नामबाट समेत मतदान गरिएको पाइएको भन्दै चनाव स्वतन्त्र र निष्पक्ष हुन नसकेको दाबी गरे।
ती केन्द्रहरुमा मतदानका क्रममा भएको अवाञ्छित गतिविधिहरुको निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ। मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले केही केन्द्रमा निष्पक्ष रुपमा चुनाव हुन नसकेको भन्दै कार्यालयमा निवेदन प्राप्त भएको बताए। केन्द्रमा खटिएका कर्मचारी लगायतसँग बुझेर यसबारे निर्क्याेल गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्