बंगलादेशमा चलिरहेको १५ वर्ष मुनिको महिला च्याम्पियनशिपमा नेपालले बंगलादेशलाई हरायो



बंगलादेशमा चलिरहेको १५ वर्ष मुनिको महिला च्याम्पियनशिपमा नेपालले बंगलादेशलाई हरायो

काठमाण्डाै १९ कार्तिक । बंगलादेशमा चलिरहेको १५ वर्ष मुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले बंगलादेशलाई हराएको छ ।

नेपालले बंगलादेशलाई १–० गोलले हरायो । नेपालका लागि ८६ औँ मिनेटमा वर्षा ओलीले गोल गरिन् । बंगलादेशलाई हराएसँगै नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ । बंगलादेश ३ अंकसहित दोस्रो स्थानमा र भुटान पुछारमा छ ।

आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुवैले भुटानलाई हराएका थिए । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको हो भने उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० गोल अन्तरले हराएको थियो । च्याम्पियनशिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे