सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, माधव र उपेन्द्र असन्तुष्ट
काठमाडौं १८ असोज । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । यसअघि सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ । लामो समयसम्म शीर्ष नेताहरुबीच सहमति नजुट्दा उम्मेदवारका आकांक्षीहरु नै अलमलमा परेका छन् । यता माधव नेपाल र उपेन्द्र यादव असन्तुष्ट बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्