फूल र तिमी
दीपक अधिकारी
के भेटेँ मैले तिमीमा त्यस्तो जो भेटेँ फूलमा ।
पवित्र छ्यौ अझै कसरी बच्यौ मौरीको हुलमा ।।
मगमगाउने बास्ना मौरीको माँझ कसरी छोपेकी ।
सतित्वको बीउ मलजल गरि चरित्रमा रोपेकी ।।
पवित्र राज्य त्यसैमा अझै शान्तिको शासन ।
अत्तरको भन्दा झन् मिठो लाग्यो निष्ठाको बासना ।।
चञ्चलता थियो तिमीमा पनि निकै त्यो मर्यादित ।
निष्ठाको माया दिइरह्यौ तर मरेन खै धित ।।
सँगसँगै यात्रा थालौ कि प्यारी जीवनको अब त ।
तिम्रो त माया नसामा बग्छ बनेर रगत ।।
पवित्र तिम्रो मायालु दिलमा लुकेरै रहुँला ।
जीवनमा सफलता नपाए नि बिफलता मिलेरै सहुँला ।।
प्रतिक्रिया दिनुहोस्