काठमाण्डौका मेयर बालेन्द्र शाहलाई ७ दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश
काठमाण्डाै १३ भदाै । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ दिन काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आदेश दिएको छ ।
सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दामाथि टिप्पणी गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।
सर्वोच्चका अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले निवेदकले माग गरेअनुसार अवहेलनामा सजाय किन नहुनुपर्ने हो, यसका कारणसहित सात दिनभित्र आफैँ या कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
नर्भिक अस्पतालले नक्सा पास नगरि अवैध संरचना बनाएको र सरकारी जग्गा अनधिकृत रूपमा प्रयोग गरिरहेको भन्दै महानगरपालिकाले संरचना हटाउने निर्णय गरेकाे थियाे ।
त्यसपछि महानगरपालिकाकाे त्याे निर्णयविरुद्ध नर्भिकले सर्वाेच्चमा रिट दायर गरेकाे थियाे । त्याे रिटमा सर्वाेच्चले अल्पकालीन अन्तरिम आदेश दिएपछि मेयर शाहले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका थिए ।