बबई गाउँपालिका अध्यक्ष सहित २ जनामा कोरोना पुष्टि



बबई गाउँपालिका अध्यक्ष सहित २ जनामा कोरोना पुष्टि

दाङ १७ साउन । दाङको बबई गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गाउँपालिकाको अनुरोधमा हापुरे प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीहरुको टोली गाउँपालिका कार्यालयमै पुगेर ५ जनाको एन्टिजेन मार्फत नमूना परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हापुरे प्राथमिक अस्पतालका डा.सन्दिप शर्माले जानकारी दिए ।

डा शर्माका अनुसार हापुरे प्राथमिक अस्पतालमा गरिएको अर्को एकजनाको नमुना परिक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ।

पछिल्लो समय भाइरल ज्वारोका बिरामी उल्लेख्य रुपमा देखा परिरहेका बेला गाउँपालिका भित्र कोरोना देखिनुले स्थानियमा त्रास फैलिएको छ। गाउँपालिकामा २ जनामा संक्रमण देखिएपछि गाउँपालिकामा स्वास्थ सतर्कतामा जोड दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति नन्द रावलले जानकारी दिए ।

रावलले गाउँपालिका अध्यक्ष र एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको जानकारी दिदै गाउँपालिका केवल कर्मचारीका लागि मात्रै नभएर समग्र बबई बासिको लागि भएको हुँदा सबैको लागि राम्रो हुनेगरी काम गर्ने बिषयमा छलफल सुरु गरेको बताए ।

अधिकृत रावलले पालिकामा भिडभाड नहुने गरि काम कार्य सञ्चालन गर्ने, पालिकामा प्रवेस गर्नेहरुले अनिवार्य मास्क लगाउन सामाजिक दुरी कायम राख्न अनुरोध गर्ने , संक्रमण देखिएको शाखाहरुमा सेनिटाईज गर्ने संचार माध्यमहरुबाट कोरोना सचेतना सम्बन्धि जिङ्गल प्रशारण गर्ने,प्राथमिक अस्पताल र आधारभुत स्वास्थ ईकाईहरुमा टेस्टकसडको मात्रा बढाउने र कोरोना संग मिल्दो जुल्दो लक्षण देखीएका हरुलाई परिक्षण दायरा बढाउने लगायतको तयारी थाल्ने बिषयमा छलफल गरिरहेको बताए । संक्रमितहरुको अवस्था सामान्य रहेको र होम आइशुलेसनमा रहेको अधिकृत रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे