नेपालमा पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना सङ्क्रमण पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै १६ साउन । पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार नाै सय नाै जनाको नमुना परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १५ दशमलव १४ प्रतिशत हो ।

यही अवधिमा दुई सय ६४ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । अहिले नेपालमा चार हजार नौ सय ३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३३ हजार एक सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे