पोखरामा पहिरोले घर पुरिँदा एक जनाकाे ज्यान गयाे



पोखरामा पहिरोले घर पुरिँदा एक जनाकाे ज्यान गयाे

कास्की १६ साउन । पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् ।

गएरातिदेखिकाे वर्षापछि घरमाथिबाट आएको पहिराेले पुरिँदा सन्तोष सुनारको ज्यान गएकाे हाे । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाइ हुन् ।

सुनिताको पोखराकाे गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिए । सुनिता र सिमन दुवैकाे स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे