स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको जिप दुर्घटना : १ जनाको मृत्यु, १४ जना घाइते



स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै  गरेको जिप दुर्घटना : १ जनाको मृत्यु, १४ जना घाइते

प्युठान १४ साउन । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा शनिवार दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ।

स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना हुँदा रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाईते भएका छन।त्यसमध्ये ९ जनाको अबस्था गंभीर छ । स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटनामा परेको हो।
जीपमा १७ जना सवार थिए। जीपमा जना सवार थिए । दुर्घटनाको कारण खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे