लमही नगरपालिकाद्वारा ३३ प्रतिशत राजस्व संकलन, ६७ प्रतिशत खर्च



लमही नगरपालिकाद्वारा ३३ प्रतिशत राजस्व संकलन, ६७ प्रतिशत खर्च

लमही १२ साउन । लमही नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा कुल बजेटको जम्मा ६७.४६ प्रतिशत रकम खर्च गर्न सफल भएको छ ।

आर्थिक बर्ष २०७८/०७९ मा चालू र पुंजिगत गरि कुल बजेट १ अर्ब १५ करोड ५२ लाख १७ हजार मध्यबाट ७७ करोड ९३ लाख २७ हजार ७ सय २४ रूपैया ४ पैसा खर्च गर्न सफल भएको हो । पालिकाले ७८/७९ को चालू र पुँजिगत गरि कुल बजेट मध्यबाट ३८ करोड, ५८ लाख, ८९ हजार, २ सय ७५ रूपैया ९६ पैशा भने खर्च गर्न सकेन । खर्च गर्न नसक्दा कुल बजेटको ३२.५४ प्रतिशत रकम फ्रिज भएको छ ।

लमही नगरपालिकाले बिहिबार आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा बार्षिक प्रगती बिवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले १० करोड ८८ लाख, ७९ हजार ९ सय ९१ रूपैया ६२ पैसा राजस्व संकलन भएको जानकारी दिए । नगरपालिकाले लक्ष्यको जम्मा ३३.१६ प्रतिसत मात्र राजस्व संकलन गरेको छ । पालिकाले ३२ करोड ८३ लाख, ५० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएपनि २१ करोड, ९४ लाख, ७० हजार, ८ रूपैया ३८ पैसा रकम संकलन गर्न सकेन । लक्ष्यको ६६.८४ रकम राजस्व संकलन गर्नबाट नगरपालिका चुकेको छ ।

लमही नगरपालिकाले भुमिहिन तथा अब्यबस्थित बसोबासी हरुलाई जग्गा बितरण गर्न नसक्दा लक्ष्य अनुसारको सतप्रतिसत राजस्व संकलनमा चुकेको हो । नगरपालिकाले सबैभन्दा बढी लगत संकलन भुमिहिन तथा अब्यबस्थित बसोबास जग्गा बितरणबाट मात्र १३ करोड, ४० लाख रूपैया राजस्व सँकलन गर्ने लक्ष्य लिएको थियो । तर जग्गा बितरण गर्न नसक्दा नगरपालिका लक्ष्यमा पुग्न भने सकेन ।

कार्यक्रममा अधिकांश बक्ताले योजना सुरवाती क्षणदेखी भुक्तानी सम्ममा कठिनाई रहेको भन्दै आक्रोश पोखेका थिए । टोलबिकास सँस्था मार्फत हुने योजनाहरुको भुक्तानीमा समस्या देखिएको हो । नगरपालिकामा अहिले पनि सम्पन्न भईसकेका र भुक्तानी हुन बाँकी रहेका करिब ६० वटा योजना हरुको फाईल थन्किएका छन । ती मध्य अधिकाँस फाईलहरु टोल बिकास संस्था मार्फत सम्पन्न भएका योजनाहरु हुन ।

प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले लेखा परिक्षकको सरबरले काम नगर्दा समयमै चेक काट्न नसकिएको र नयाँ खाता अपडेट भईसकेपछि बाँकी योजनाहरुको भुक्तानी गरिने जानकारी दिए । उनले सम्भब त यही साउन महिना भित्रमा भुक्तानी गर्न आफुहरु लागिपरेको बताए ।

कार्यक्रममा नगरबासीले कृषि, भुमी, योजना, न्यायिक समिती, पशु शाखा, योजना भुक्तानी, मुस्कान सहितको सेवा, अनुगमन, नागरिक्ता सिफारिस, लगायतका याबत बिषयमा प्रश्न उठाएका थिए । कार्यक्रममा नगरबासीले राखेका जिज्ञासा मेटाउदै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी र प्रमुख प्रशासकिय अधिकृतले समग्रमा लमही नगरपालिका समृद्द उन्मुख रहेको बताए । नगरबासीको सुझाबलाई आत्मसात गर्दै आगामी बर्षमा अझै सक्रिय रुपमा प्रस्तुत हुने प्रतिबद्दता ब्यक्त गरे ।

योजना सम्झौता र निकासामा झन्झटिलो भएको नगरबासीको गुणासा प्रती उनिहरुले अबको योजना समयमै सम्पन्न गर्नका निम्ति उपभोक्ताले पनि समयमै सम्झौता गरेर काम गर्नुपर्ने बताए । नगरबासीका गुणासा र सुझाबलाई आत्मसात गर्दै सोही अनुरुप अबको योजना तथा कार्यक्रम सम्पन्न गर्ने पनि बताए । कार्यक्रमको सहजिकरण पत्रकार किरणबिक्रम शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे