भालुवाङकी ज्योती केसी अमेरिकी वायुसेना हुँदै अन्तरिक्ष यात्री बन्न सफल



भालुवाङकी ज्योती केसी अमेरिकी वायुसेना हुँदै अन्तरिक्ष यात्री बन्न सफल

भालुवाङ १७ असार । दाङ भालुवाङकी ज्योती केसी एरोस्पेस इन्जिनियरिङको पढाइका लागि सन् २०१७ मा अमेरिका पुगिन् । पढाइकै क्रममा उनी अमेरिकी वायुसेनामा भर्ती भइन् । र, अहिले अन्तरिक्षयात्रीको तयारीमा जुटेकी छन् ।

२७ वर्षीया ज्याेतिले भर्खरै एनालग अन्तरिक्षको प्रशिक्षण पूरा गरेकी छन् । यही असार १ गते नेपाल आइपुगेकी केसी दाङ घर पुगेको भने तीन दिनमात्र भएको उनका बाबु नरबहादुर केसीले जानकारी दिए । छोरीले अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गरेकोमा निकै गर्व लागेको उनले बताए । 

ज्योतिले भनेकी छन्, ‘मैले भर्खरै एनालग अन्तरिक्ष यात्री प्रशिक्षण पूरा गरेको छु र आधिकारिक रूपमा एनालग अन्तरिक्ष यात्रीको रूपमा प्रमाणित भएको छु।’

उनले सामाजिक सञ्जालमा अन्तरिक्ष यात्रीको प्रशिक्षणबारे लेखेकी छन्, ‘सिरियस मिसनको कमाण्डर र इन्जिनियर समर्थनको रूपमा, मसँग संसारभरबाट चार चालक दलका सदस्यहरू थिए (अमेरिका, मेक्सिको, पोल्याण्ड)। यो हामी सबैको लागि एक अविश्वसनीय सिक्ने अनुभव थियो। तालिम पोल्याण्डमा दुई हप्तासम्म चलेको थियो, र म (लुनारेस रिसर्च स्टेशन) मा भाग लिने पहिलो नेपाली-अमेरिकी हुँ।’

अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गर्ने ज्योति सम्भवत पहिलो नेपाली हुन् । उनले भनेकी छन्, ‘नयाँ प्रविधिहरू, रोबोटिक उपकरणहरू, सवारी साधनहरू, बासस्थान, सञ्चार, ऊर्जा उत्पादन, डिजाइन, गतिशीलता, एयरो र हाइड्रो प्लान्टेशन, आदि हाम्रो भूमिकाहरूमा बारम्बार परीक्षण र अनुसन्धान गरिन्छ।

अलगाव र कैद टोली गतिशीलता, मेनु थकान र अन्य व्यवहार प्रभावहरू पनि अवलोकन गरिन्छ। मलाई जीवनमा एकपटक अवसर दिइएको थियो। र म मेरा आमाबुवा, दाजुभाइ, आफन्त, साथीहरू र संयुक्त राज्य वायु सेना, तिनीहरूको ठूलो सहयोगको लागि मेरो आभार व्यक्त गर्न चाहन्छु।’

उनले एनालग अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गरेको खबरले भालुवाङमा अहिले हर्षको माहोल छ । उनी पढेको भालुवाङको विद्यालयले शनिबार उनलाई सम्मान गर्ने कार्यक्रम रहेको उनका बाबु नरबहादुरले बताएका छन् ।

सिलापत्र अनलाइनबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे