अल्प तथा दिर्घकालिन फोहोर व्यवस्थापन गर्न राप्ती गाउँपालिकालाई ध्यानाकर्षण पत्र



अल्प तथा दिर्घकालिन फोहोर व्यवस्थापन गर्न राप्ती गाउँपालिकालाई ध्यानाकर्षण पत्र

भालुवाङ ५ असार । आशाका किरण संस्थाले राप्ती गाउँपालिका क्षेत्रको फोहोर तत्काल अल्प तथा दिर्घकालिन रुपमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।
संस्थाका अध्यक्ष अशोक बेल्वासेको नेतृत्वमा आइतवार गाउँपालिकाको कार्यालयमा पुगेर गाउँपालिका अध्यक्ष प्रकाश विष्टलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

राप्ती गाउँपालिकाको प्रमुख बजार भालुवाङ पुल्चोक, लालमटिया, मौरीघाट, पिपरी, सिसहनियाँ र पत्थरगढवा लगायतका क्षेत्रमा फोहोरका कारण बजार क्षेत्र कुरूप मात्र नभई सङ्क्रमण फैलिने खतरा पनि देखिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष विष्टले आइतवार देखि नै नगल्ने फोहोरहरु उठाउन सुरु गरिसकेको बताएका छन् ।

फोहोर उठाउन टयाक्टर पठाइएको छ । तत्काल नगल्ने फोहोर उठाउने काम सुरु भएको छ । त्यस पछि गल्ने फोहोर पनि जग्गा व्यवस्थापन हुना साथ राप्ती नदी लगायत बजारका सवै फोहोर उठाइने र राप्ती गाउँपालिका सफा सुन्दर गाउँपालिका बनाइने लक्ष्य रहेकाले सम्पुर्ण युवा वर्गले साथ र सहयोग गर्नुपर्ने बताएका छन् । ध्यानाकर्षण पत्र बुझाउन संस्थाका वरिष्ठ उपाध्यक्ष दिवस आचार्य, महासचिव लोकमणी भुसाल, सचिव थमन राना, कोषाध्यक्ष श्रीधर जिसी र प्रेस संयोजक ओमप्रकाश गुप्ता गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे